दफा ४००
बहालमा लिएको घर छाड्न सक्ने

(१) बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमालिएको घरछाड्न सक्नेछ :–
(क) घरधनीले दफा ३८९ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि निजलाई घर नचाहिनेभएमा,
(ग) घरधनीले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बहालमा लिने व्यक्तिले घर छाड्नु परेमासम्झौतामाअन्यथा उल्लेख भएकोमा बाहेक कम्तीमा पैँतीस दिन अगावै घरधनीलाई लिखित रूपमा सूचना दिनुपर्नेछ।
(३) उपदफा (२) बमोजिम सूचना नदिई बहालमा लिने व्यक्तिले घर छाडेमा घरधनीले त्यस्तो समयकोघरकोबहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए त्यसबाट कट्टा गर्न र नदिएको भए निजबाट भराई लिनपाउनेछ ।